प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत नेपालको कृषि क्षेत्रलाई आगामी २० वर्षसम्म मार्ग निर्देश गर्ने कृषि विकास रणनिति कार्यान्वयनको सहयोगी परियोजनाको रुपमा स्वदेशी सोच, स्वदेशी लगानी तथा आन्तरिक संस्थागत जनशक्ति मार्फत तयार गरिएको आ.. २०७३/७४ देखि लागू हुने गरी १० वर्ष अवधिको लागि कार्यान्वयनमा ल्याइएको परियोजना हो।कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने यस परियोजनको सोच रहेको छ।यस परियोजना अन्तर्गत साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम, व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम, व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम र बृहत्तर व्यवसायिक कृषि उत्पादन तथा औधोगिक केन्द्र (सुपरजोन) विकास कार्यक्रम गरी जम्मा चार वटा सम्भागहरु रहेका छन्।

स्याङ्जा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन गर्ने एकाइ कार्यालयको रुपमा सुन्तला जोन कार्यालय पुतलीबजार, स्याङ्जामा वि.. २०७३ सालमा स्थापना भई सञ्चालनमा रहेको छ।सुन्तला खेतीमा संलग्न कृषकहरु माझ तथा अन्य सरोकारवाला निकायहरुसँग सहकार्य गर्दै प्रविधि विस्तार गरी गुणस्तरयुक्त सुन्तला उत्पादन गरी निर्यात योग्य बनाई प्रतिस्पर्धी बजारमा सहभागी हुन सरोकारवालालाई सक्षम बनाउने मुख्य दायित्वका साथ यस कार्यालयको स्थापना भएको हो।सोही कार्यालयको क्षेत्राधिकार बृहत बनाई यसलाई आ..२०७५/७६ बाट सुन्तला सुपरजोनको रुपमा स्तरोन्नति गरिएको हो।हाल सुन्तला सुपरजोनको कार्यक्षेत्र पुतलीबजार नगरपालिकाको ८ वडाहरु, भीरकोट नगरपालिकाको ६ वडाहरु, वालिङ्ग नगरपालिकाको १ वडा र अर्जुनचौपारी गाउँपालिकाको २ वडाहरु रहेको छ।यसै परियोजना कार्यान्वयन एकाक्ष अन्तर्गत गल्याङ नगरपालिकाको सबै वडाहरुमा आ..२०७६/७७ देखि मसलाबाली जोन कार्यक्रम पनि सञ्चालनमा रहेको छ।आ..२०७७/७८ देखि कफी विकास कार्यक्रम पनि थप भई सञ्चालनमा छ।संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यक्रमहरु खासगरी "संरक्षित कृषि, सुनिश्चित बचत" को दीर्घकालिन सोच कार्यान्वयन गर्न तय गरिएको पाँच नीतिगत आधारहरुः उत्पादन सामाग्रीमा अनुदान, सस्तो र सुलभ ऋण, सबै किसानलाई प्राविधिक सेवा, सबै बालीवस्तुको बीमा र न्यूनतम बचतको ग्यारेण्टी आदीका लागि सहजिकरण गर्ने कृयाकलापहरु रहेका छन्।यसका साथै सुन्तला सुपरजोन र मसलाबाली जोन अन्तर्गतका क्रियाकलापहरु समेत रहेका छन्।सम्पूर्ण कार्यक्रमहरुका लागी सम्बन्धित कृषक, जिल्लाका स्थानीय तहहरु साथै सबै सरोकारवाला निकायहरुसँगको साझेदारी र सहकार्यमा कार्यान्वयन गरिरहेको छ।